Aafno Khabar
Feature News

संक्रमित बढेपछि २९ जिल्लामा निषेधाज्ञा

काठमाडाैं । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएपछि आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिबार राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ...

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । ‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘देशभर पहाडी...

भारतमा रहेका अष्ट्रेलियाली नागरिक घर फर्के पाँच वर्ष जेल

भारतबाट फर्कने आफ्ना नागरिकलाई अष्ट्रेलियाले पाँच वर्षसम्म जेल चलान गर्न सक्ने जनाएको छ । भारतमा कोरोना संक्रमणको महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल वा ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने...

भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा ४ लाख ८ हजार ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ...

कञ्चनपुरमा लकडाउन, गड्डाचौकी र गौरीफन्टा नाका भने खुला

काठमाडौं । कञ्चनपुरमा कोरोना संक्रमण कम गर्नका लागि आजदेखि लकडाउन गरिए पनि सीमा नाका भने बन्द गरिएको छैन । जिल्लामा लकडाउन गरिएपनि कञ्चनपुरस्थित गड्डाचौकी र गौरीफन्टा नाका भने खुला रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भारतमा कोरोना महामारी...

पूर्व बडामहारानी कोमल शाह आइसियूमा

काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा केही गम्भीर समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार सुरु गरिएकाे छ । कोभिड–१९ संक्रमण देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो । पूर्व राजा...

दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम

काठमाडाैं । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा एफबीआईले छापा मारेको हो । उनले यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर,...

भारतमा काेराेना : ८ औँ दिनमा पनि तीन लाख बढीमा काेराेना संक्रमण, ३६ सय बढीको मृत्यु

भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बनिरहेकाे छ । लगातार ८ औं दिन पनि भारतमा ३ लाख भन्दा धेरै जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई भाइरसको सङ्क्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्...

भारतकाे असाममा ६.४ म्याग्नेच्युडको भूकम्प, पूर्वी नेपालमा पनि धक्का

काठमाडाैं । बुधबार बिहान उत्तरपूर्वी भारतको असाममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको...