Aafno Khabar

लुम्बिनीमा अर्का एमाले सांसद पाण्डेले दिए राजीनामा

  • आफ्नो खबर
  • २०७८ बैशाख १९ गते १६:१२ प्रकाशित

काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दै आजैका मितिबाट आफूले सांसद पद छाडेको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

यसअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा गएको घोषणा गरेकी थिइन ।

शकर पोखरेल लुम्बिनीको मुख्यमन्त्रीमा पुनः नियुक्त

शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा