Aafno Khabar
Feature News

कोभिड खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ । खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचारी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब...

भियतनाममा काेराेनाभाइसकाे नयाँ भेरियन्ट फेला

काठमाडाैं । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेकाे छ । त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरसकाे प्रकारसँग मिल्दोजुल्दाे भएकाे बीबीसीले जनाएकाे छ । शनिबार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताएकाे...

सुटुक्क तेस्राे बिहे गरे बेलायतका प्रधानमन्त्रीले

काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तेस्राे पटक विवाह गरेका छन् । उनले केही मानिसहरुको उपस्थितिमा तेस्राेपटक सुटुक्क बिहे गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५६ वर्षीय जोन्सनले शनिबार केही मानिसहरुको उपस्थितिमा ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग बिहे गरेका हुन् ।...

विश्वमा अहिले कति छन् सक्रिय काेराेना संक्रमित ?

काठमाडाैं । विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाधयमले जनाएका छन् । विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।...

याेगेश भट्टराई र गाेकर्ण विष्ट पुन: नेपाल समूहमा !

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको नाम समावेश गरिएकाे...

काेराेनाबाट विदेशमा २ सातामा थप ४१ ले गुमाए ज्यान

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरका कारण गत २ सातमा विदेशमा थप ४१ जना नेपालीको ज्यान गएकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कतारमा ८, भारतमा २९, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ तथा पोर्चुगलमा १ जना नेपालीको...

विमानमा विवाह ! संकटमा जाेडी

काठमाडाैं । भारतमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न लगाएको प्रतिबन्ध छल्न एक जोडीले हवाइजहाजमा विवाह गरेका छन् । तमिलनाडुस्थित मडुराइका राकेश र दक्षिणाले हवाइजहाजमा विवाह गरेकाे हुन् । अहिले तमिलनाडुमा कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन विवाह समारोहमा ५० जनामात्रै भेला हुन...

खाेप ल्याउनका लागि सरकारले गर्‍याे अन्य मुलुकमा पत्राचार

काठमाडाैं । सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकमा पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारतलगायत खोप उत्पादक मुलुकमा खाेप ल्याउनका लागि पत्राचार गरिएकाे हाे । मन्त्रालयद्वारा सोमबार आयाेजना...

म्यान्मारकी नेतृ सुची पहिलोपटक अदालतमा उपस्थित

काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुची पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो । उनका एक जना वकील मिन मिन...

नेपाल–भारत सीमामा प्रहरी र भारतीय व्यापारी समूहबीच झडप, केही घाइते

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएकाे छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । आइतबार राति करीब ८ बजे भारतीय...