Aafno Khabar

युट्युबरहरूको ‘अपरेसन’ प्रभावकारी हुनु न्याय मर्नु सरह : वर्षा शिवाकोटी

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २४ गते १६:५५ प्रकाशित

काठमाडाैं । युट्युबमा कारुणिक घटनाहरुलाई युट्युबरले मसला बनाएर चर्तिकला देखाउने गरेका छन् । यही विषयमा अभिनेतृ वर्षा शिवाकाेटीले टिप्पणी गरेकी छिन् । चितवनमा सविता भण्डारीको एक महिनाअघि शंकास्पद् मृत्यु भयो । ससुराको यौन उत्पीडन र हत्याको आरोप सविताको माइती पक्षको छ ।

मृत्युपछि उनका संवेदनशील भिडियोहरू युट्युव र टीकटकमा भाइरल भइरहेका छन् । उनको पक्षमा ह्यासट्याग ‘जस्टिस फर सबिता भण्डारी’ ट्रेन्डिङमा छ । गत शनिबार एक राउटे युवती बलात्कृत भइन् । यस घटना पनि युट्युबदेखि टिकटकमा चर्चाको विषय बनेको छ ।

अभिनेत्री वर्षा शिवाकोटीले यी कारुणिक घटनाहर युट्युबरले मसला बनाएर चर्तिकला देखाइरहेको भनी टिप्पणी गरेकी छिन् । उनले सरकारलाई प्रश्न गरेकी छिन्‍ – के यो देशमा साँच्चै न्याय मरिसकेको हो ?

फेसबुक स्टाटसमार्फत् उनले राज्यको न्याय प्रशासनभन्दा युट्यूबरहरूको ‘अपरेसन’ प्रभावकारी हुनु भनेको न्याय मर्नु समान भएको टिप्पणी उनकाे छ । उनले लेखेकी छिन् ‘अझ रमाइलोका लागि टिकटकमा लिपसिंकको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔँ ।’