Aafno Khabar
Feature News

यस वर्षकाे आईपीएल क्रिकेट यूएईमा हुने

काठमाडाैं । भारतीय क्रिकेट बोर्डले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरेको छ । बोर्डका अनुसार आईपीएल खेल सेप्टेम्बर १९ देखि नाेभेम्बर १० सम्म हुनेछ । प्रतियोगिता सुरक्षित रुपमा तीन रंगशालामा गरिने बाेर्डले जनाएकाे छ ।...

जनकपुरधाममा साेमबार रातिदेखि निषेधाज्ञा

धनुषा । प्रदेश २ को राजधानी जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।...

कक्षा ११ काे परीक्षा लिन लागेकाेमा रुपन्देहीमा विराेध

रुपन्देही । कोरोना महामारीको त्रासका बीच सरकारले परीक्षा लिन लागेकाे भन्दै रुपन्देहीमा विराेध प्रदर्शन भएकाे छ । कक्षा ११ का विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध आइतबार विराेध प्रदर्शन गरेका हुन् । रुपन्देही विद्यार्थी...

१७ वर्षीय किशाेरले गरेका थिए ओबामालगायत सेलिब्रेटीकाे ट्वीटर ह्याक

केही समयअघि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडनलगायत अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भयाे । शीर्ष राजनीतिज्ञ, धनाढ्य र कला क्षेत्रका एकसे एक सेलिब्रेटीका ट्विटर ह्याक भएपछि यो घटनाले तरंग ल्याएको थियो । ट्वीटरका सञ्चालकहरुले...

केरुङ च्छाे ताल फुट्ने सम्भावना कायम, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । छिमेकी देश चीनको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायम छ । ताल फुट्ने जाेखिम कायम रहेकाले सतर्क रहन जानकारी आएकाे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जानकारी दिएकाे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने...

काेराेना भाइरस अझैपनि महामारिकै रुपमा छ : डब्लूएचओ

काठमाडौ, साउन १८ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी घोषणाको ६ महिना बितिसक्दा पनि कोरोना अझै महामारीकै रुपमा रहेको बताएको छ । डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ ।...

लकडाउनले राेकिएकाे लाेकसेवा आयाेगकाे परीक्षा तत्काल नहुने

काठमाडौं । लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि पुन: तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको...

जनै पूर्णिमामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले जनै पूर्णिमाको अवसरमा साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले जनै पूर्णिमा, इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यस अनुसार...

रुसमा अक्टाेबर महिनादेखि काेभिड १९ विरुद्धकाे खाेप लगाउन सुरु गरिने

रूसले आगामी अक्टोबर महिनादेखि आफ्ना नागरिकलाई कोरोना प्रतिरोधी खोप दिने योजना बनाएको छ। स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले वृहत खोप अभियान चलाउने जानकारी दिएकाे बीबीसीले उल्लेख गरेकाे छ । काेराेना भाइरस (काेभिड १९) विरुद्धकाे खाेप सबैभन्दा पहिला डाक्टर र शिक्षकका लागि दिइने...

आर्सनलले जित्याे एफ ए कपकाे उपाधि, चेल्सी पराजित

इंग्लिस फुटबल प्रतियोगिता एफ ए कपको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाइनलमा आर्सनलले चेल्सीलाई दुई एकले पराजित गरेकाे हाे । खेलको पाँचौ मिनेटमा चेल्सीका क्रिस्टियन पुलिसिकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ओलिभर जिरुडले दिएको पासमा...