काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।
अब परीक्षा बोर्डको बैठक बसेर निर्णय गर्न मात्र बाँकी छ ।
यसवर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी एसईईमा सहभागी छन् ।
यसपटक एसईईको नतिजा बोर्डको परीक्षाका आधारमा नभइ विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनका आधारमा आउनेछ ।
कोभिड १९ को संक्रमण र लकडाउनका कारण यसवर्षको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो ।
यसअघि बाेर्डले साउन १५ मा नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे थियाे । तर बाढी पहिराेका कारण बाटाे बन्द भएकाले कतिपय विद्यालयबाट प्रमाणित डाटा आउन नसकेकाेले ढिलाइ भएकाे हाे ।
अब केहीदिनमा नै नतिजा सार्वजनिक हुने बाेर्डले जानकारी दिएकाे छ ।