Aafno Khabar
Feature News

भारतमा ५० हजार बढी काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण भारतमा मृत्यु हुनेकाे संख्या ५० लाख बढी भएकाे छ । अमेरिका, ब्राजिल र मेक्सिकोमा ५० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेकाे छ। कोरोना भाइरसका कारण खराब हालत भोगिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइकाे निधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनकाे न्यूयाेर्कस्थित एक अस्पतालमा निधन भएकाे हाे । उनी ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गरी जानकारी...

यस्ताे रहनेछ आइतबारकाे माैसम

काठमाडाैं । आइतबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि समान्य बदली रहेको महाशाखाले जनाएकाे छ । आइतबार दिउँसो देशभर आंशिकदेखि समान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको...

लियाेन च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

काठमाडाैं । लियाेन च्याम्पियन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएकाे अन्तिम क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीमाथि ३–१ काे जित निकालेर लियाेनले अन्तिम चारमा स्थान बनाएकाे हाे । लियाेनका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका...

महेन्द्र सिंह धाेनीले लिए सन्यास

काठमाडाैं । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सि‌ंह धाेनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले इन्स्टाग्राममार्फत आफूले सन्यास लिएकाे घाेषणा गरेका हुन् । भारतीय क्रिकेटकाे सफल कप्तानकाे पहिचान बनाएका धाेनीले इन्डियन प्रिमियर लिग अगाडि सन्यासकाे घाेषणा गरेका हुन् । उनले...

रुसले गर्‍याे काेराेना भाइरसविरुद्धकाे खाेप उत्पादन सुरु

काठमाडाैं । रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ । यो महिनाको अन्तिममा खोप लगाउन शुरु गरिने गरी उत्पादन सुरु गरेकाे रुसकाे स्वास्थ्य मन्त्रालय उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् । गएको मंगलबार रुसले यो खोप मानिसमा परीक्षण...

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडाैं । शनिबार दिउँसाे संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हाे ।

सञ्चालनमा आयो त्रिभुवन राजपथ

काठमाडाैं । पहिराेका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझदेखि सञ्चालनमा आएकाे छ । पहिराे पन्छाएपछि शुक्रबार साँझदेखि राजपथ सञ्चालनमा आएकाे प्रहरीले जनाएकाे हाे । राजपथ सञ्चालनमा आएपछि पहिराेमा अलपत्र परेका सवारी आफ्नाे गन्तव्यतर्फ लागेका छन् । मकवानपुरकाे थाहा नगरपालिका १२...

विदेशमा अलपत्र नेपालीका लागि उद्धार उडान तालिका सार्वजनिक

काठमाडाैं । काेराेना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिमालय एयरलाइन्सले उद्धार चार्टर उडान तालिका सार्वजनिक गरेकाे छ । एयरलाइन्सले अगस्ट १६ तारिखदेखि अगस्ट ३० तारिखसम्म चार्टर उद्धार उडान गरिने जनाएकाे छ । यस्ताे छ उद्धार चार्टर उडान तालिका...

देशका धेरैजसाे भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं । देशभरको मौसम शनिबार सामान्यतया बदली रहने धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । शनिबार...