Aafno Khabar

यसरी हेर्न सकिन्छ एसईईकाे नतिजा

  • आफ्नो खबर
  • २०७७ भाद्र १ गते प्रकाशित

काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो ।

यो वर्ष ४ लाख ७२ हजार ७८ परीक्षार्थीकाे नतिजा सार्वजनिक भएकाे हाे । नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिने छ ।

यसरी हेर्न सकिन्छ नतिजा :

बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

अनलाइनमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटराष्ट्रिय परीक्षा बोर्डको वेबसाइटनेपाल टेलिकमको वेबसाइटएनसेलको वेबसाइटइडीयू सञ्जाल डटकमनेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।