Aafno Khabar
ट्रेन्डिङ खबर

उपत्यकामा थपिए ६४७ कोरोना संक्रमति

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा नेपालभर...

अनसनरत डाक्टर केसीलाई आज काठमाडौं ल्याइने

काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाडौं ल्याइने भएको छ । जुम्लाबाट हिजो नेपालगञ्ज ल्याइएका डाक्टर केसीलाई आज काठमाडौं ल्याउन लागिएको हो । हिजो नेपालगञ्ज–काठमाडौं उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको...

काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् । सोमबार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका...

कोरोना संक्रमणका कारण सोमबार १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । सोमबार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका छन्...

सोमबार थपिए १ हजार १५४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको...

कीर्तिमानी आरोही ‘हिमचितुवा’ को निधन

काठमाडौं । विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२...

मानव अधिकार आयोगले सुरु गर्यो कैदीबन्दीको अवस्था अनुगमन

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ को महामारीको समयमा कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमन गर्नेछ । उक्त टोलीमा आयोगको केन्द्रीय...

गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमण

कास्की। गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण देखिएको हो । तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन्...

असोज अन्तिम साताबाट सहुलियत पसल सञ्चालन हुने

काठमाडौं । दशैं, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल सञ्चालन गर्ने तयारी गरिएको छ । सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने छन् । यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले...

आजदेखि पाँच दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने, सर्तक रहन आग्रह

काठमाडौं । आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन, हावाहुँरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र...