काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाडौं ल्याइने भएको छ ।
जुम्लाबाट हिजो नेपालगञ्ज ल्याइएका डाक्टर केसीलाई आज काठमाडौं ल्याउन लागिएको हो । हिजो नेपालगञ्ज–काठमाडौं उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ ।
उहाँलाई आज बिहान साढे ११ बजे बुद्ध एअरको उडानबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ। डाक्टर केसीले काठमाडौंमा पनि अनसन जारी राख्ने बताउनुभएको छ ।
सरकारले आफ्ना मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै तोडफोड गरेको आरोप लगाउँदै उहाँले फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाडौंमो यात्रा सुरु गरेको विज्ञप्तीमार्फत बताउनुभएको छ ।