Aafno Khabar

मानव अधिकार आयोगले सुरु गर्यो कैदीबन्दीको अवस्था अनुगमन

  • आफ्नो खबर
  • September 21, 2020 प्रकाशित

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ को महामारीको समयमा कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ ।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमन गर्नेछ । उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरु सहभागी हुने आयोगले जनाएको छ ।

पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीहरुलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको समयमा उनीहरुले उपचारको पर्याप्त अवसर पाएको वा नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्ने बताइएको छ ।

कारागारमा रहेका कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।