Aafno Khabar
ट्रेन्डिङ खबर

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुग्नुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको हो ।...

नाबालकलाई यौनजन्य क्रियाकलाप गराएको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पोखराबाट पक्राउ परेका छन् । हिजो पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनले ७...

प्रचण्डको प्रस्तावमा छलफल गर्नै मानेनन् ओली, भोलिको बैठकमा नजाने

काठमाडौं । महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी परेपछि बैठक कुनै...

कोरोना अपडेट : ८ हजारको परीक्षणमा १३ सय बढी संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन...

पठनपाठन सुरु गर्ने काठमाडौंका स्थानीय तहको तयारी

काठमाडौं । काठमाडौंका अधिंकाश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् । कोरोनाका कारण बन्द भएका शिक्षण संस्थाको शैक्षिक तालिका नै प्रभावित हुने देखिए पछि स्थानीय तहहरु विद्यालय खुलाउने तयारीमा जुटेका हुन । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ...

पशुपतिनाथ मन्दिर पुस १ देखि भक्तजनका लागि खुला गरिने

काठमाडौं । कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउँदो पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास...

एक हप्ता अघि थपिएको एआइजी दरबन्दीमा पोखरेल सिफारिस

काठमाडौं । दुई साताअघि थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी विश्वराज पोखरेलको बढुवा सिफारिस भएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले उहाँको नाम सिफारिस गरेको हो । उहाँलाई नै बढुवा गर्न दुई साताअघि सरकारले एआइजीको दरबन्दी...

कोरोना अपडेट : १४७४ जना संक्रमित थपिए, २९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनसार अहिलेसम्म २ लाख १४ हजार ५२१ जना संक्रमणमुक्त...

सुनको भाउ घट्यो, तोलाको कति ?

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चादिको...

आधा घण्टाभित्र कोरोना नतिजा आउने एन्टिजेन परीक्षण सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो । पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय...