Aafno Khabar

एक हप्ता अघि थपिएको एआइजी दरबन्दीमा पोखरेल सिफारिस

  • आफ्नो खबर
  • November 30, 2020 प्रकाशित

काठमाडौं । दुई साताअघि थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी विश्वराज पोखरेलको बढुवा सिफारिस भएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले उहाँको नाम सिफारिस गरेको हो ।

उहाँलाई नै बढुवा गर्न दुई साताअघि सरकारले एआइजीको दरबन्दी थप गरेको थियो । गृह मन्त्रालयको प्रस्तावविना नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थप भएको थियो ।

उपप्रधानमन्त्री पोखरेल र डिआइजी पोखरेल नातेदार हुन् । यसअघि पनि दुई ब्याच मिचेर उहाँलाई डिआइजीमा एकल बढुवा गरिएको थियो ।