Aafno Khabar

कांग्रेस धादिङ प्रदेश क का सभापति राजकुमार कुँवर पक्राउ

  • आफ्नो खबर
  • August 20, 2026 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्ला क्षेत्र नम्बर १ (क) का प्रदेश सभापति राजकुमार कुँवरलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले पक्राउ गरेको छ।

बैंकिङ कसुरको मुद्दामा उनलाई पक्राउ गरिएको हो। धादिङ जिल्लाको धुनिबेसी नगरपालिका घर भई काठमाडौं बस्दै आएका कुँवरलाई २० लाख रुपैयाँ बिगोको बैंकिङ कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल उनलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ भने थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित शीर्षकहरु