काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन १ हजार ३ सय ४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।
गत २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।