Aafno Khabar
खबर

आज बडा दशैंको छैटौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दशैंको छैटौं तर तिथि अनुसार सातौं दिन । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला,...

डडेलधुरामा बस पल्टियो, १६ जना घाइते

कैलाली । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा...

विवादित मन्त्री गजेन्द्रबहादुर हमालले दिए राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

प्रधानन्यायाधीशले न्यायालयको धज्जी उडाएको कानुनविदको तर्क

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् । आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएकोले न्यायालयको धज्जी उडेको उनीहरुको तर्क छ ।...

योग्य नेतालाई मन्त्री बनाउन नसकेको प्रधानमन्त्री देउवाको स्विकारोक्ती

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेकोमा दुखमनाउ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकाले योग्यलाई मन्त्री बनाउन नसकेको बाध्यता सुनाउनु भयो ।...

हराउँदै दशैंको मौलिकता, मेटिदै रातो माटो र कमेरोको रङ

दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परंपरागत शैलीका ढुंगा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्थ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि...

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध सानदार जित र दोस्रो खेलमा श्रीलंकाविरुद्ध रोमाञ्चक जित निकालेको नेपालले ‘साफ च्याम्पियनसिपमा उपाधिको बलियो दाबेदारी पेस गरेको छ। नेपालले सुखद प्रदर्शन गर्दा बलिया मानिएका भारत र माल्दिभ्सले सोचे अनुसारको प्रदर्शन गर्न...

अक्सिजन प्लान्ट बनाउन मनमोहन अस्पताललाई काठमाडौं महानगरको १५ लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले...

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा

काठमाडौं । गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको...

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं । आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो...