Aafno Khabar
खबर

नेपाल १५७ रनमा अलआउट, सन्दीपले बनाए ४२ रन

काठमाडौं । एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएको छ । टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।...

कतारविरुद्ध नेपालका ब्याटर निरिह, १७ ओभरमा पाँच विकेट गयो

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालले १६ औं ओभरमा चौथो विकेट पनि...

मिटरब्याजी पीडितका समस्या समाधानका लागि संशोधन विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले मिटरब्याजी पीडितसँग गरिएको सम्झौताबमोजिम मुलुकी फौजदारी संहिता संशोधन विधेयक छिट्टै संसद्मा लैजाने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत...

भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुनियो

जनकपुर । निर्माण व्यवसायीहरुले विभिन्न योजनाहरुको काम सम्पन्न गरेपनि भुक्तानी नगरिएको भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । काम गरेको डेढ वर्षपछि पनि भुक्तानीको छाँटकाँट नदेखिएपछि निर्माण व्यवसायीहरुले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन् ।...

उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत

काठमाडौं । वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी...

संघीय ऐनहरुको प्राथमिकता तोकेर काम हुन्छः मन्त्री खड्का

काठमाडौं । उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै उहाँले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताउनुभयो । कतिपय संघीय ऐनहरु संसदमा पुगेर...

आउँदो वर्षबाट शिक्षा र स्वास्थ्य निःशुल्क गराउँछौं : प्रुमख लामा

चितवन । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले नागरिकलाई शिक्षा र स्वास्थ्य उपलब्ध गराउने कुरामा नगरपालिका लागिपर्ने बताउनुभएको छ । नागरिकलाई नगरपालिकासँग प्रत्यक्ष जोड्ने उदेश्यले सञ्चालन गरिएको जनतासँग मेयर कार्यक्रममा बोल्दै उहाँले नगरभित्र नागरिकले आभाष गर्ने गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने निर्णय

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको साउनको २३ गतेदेखि यहाँ निर्माणको काम भएको छैन। निर्माणको क्रममा उधारोमा...

लिटरमै १० रुपैयाँले घट्यो डिजेल, पेट्रोल ३ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमले जनाएको छ ।...

बागमती सरकारले आज पूर्णता पाउँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आजसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी भइरहेको छ । बागमती प्रदेशमा ७...