Aafno Khabar

संखुवासभामा हेलिकप्टर दुर्घटना, दुई जना गम्भीर घाइते, एक सकुशल

  • आफ्नो खबर
  • May 5, 2023 प्रकाशित

संखुवासभा। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् ।

उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको छ । हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेका छन्।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको स्थानीयले बताएक छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।