Aafno Khabar
खबर

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन ।...

नेपालको एकदिवसीय विश्वकप सपना अधुरो

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ। आज जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र...

एएफयूमा एकेडेमिक लिडर्स सेन्सिटाइजेशन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुखका लागि ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम सञ्चालन भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा भएको कार्यक्रमले विश्वविद्यालयको शैक्षिक...

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सको कोषाध्यक्षमा लेखकको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को कोषाध्यक्षमा बसन्त लेखकले उम्मेदवारी दिएका छन् । पेशागत साथीहरु जुटौं, गुटभन्दा माथि उठौं भन्ने नाराका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका लेखकले आफ्नो उम्मेदवारी संगठन शुद्धिकरण र चलायमन बनाउन...

जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको हाे । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको...

जलनपीडितको उपचारका लागि सुविधासम्पन्‍न अस्पताल र सहयोग चाहिन्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् । खाना पकाउने ग्याँसको जलेर घाइते...

बागमती प्रदेशमा मन्त्रालय १०, मन्त्री ११ !

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो । मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४...

नीति तथा कार्यक्रम यथार्थपरक छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा...

राप्तीको एक वर्ष : बिपन्न चेपाङको जीवनस्तर सुधारमा केन्द्रित

चितवन । चितवनको राप्ती नगरपालिकाले एक वर्षमा १ सय ७५ बिपन्न चेपाङ परिवारलाई घर बनाइदिएको छ । शनिवार राप्ती नगरपालिकामा पदावहाली गरेको एक वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरपालिकाले यो वर्षमा गरिएकाका कामको विवरण सार्वजनिक गरेको थियो...

प्रधानमन्त्रीलाई ३ महिना कैद हुनुपर्ने दाबी गर्दै संसद्‌ सचिवालयमा उजुरी

काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको रोस्टमबाट संसदलाई ढाँटेर संसदप्रति अवहेलना गरेकाले ३ महिना कैद हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा उजुरी परेको छ। अधिवक्ता स्वागत नेपालले यस्तो उजुरी दर्ता गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रममा जवाफ दिँदा टिकापुर...