Aafno Khabar
खबर

पाकिस्तानमा मुस्लिम नेताका समर्थकको प्रदर्शनमा बम विस्फोट, ३५ को मृत्यु २ सय बढी घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । विस्फोटमा २ सय जनाभन्दा धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर...

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो।...

अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा

काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान...

बाढी र पहिरोका कारण तीन राजमार्गका ८ ठाउँमा अवरूद्ध, १९ स्थानमा एकतर्फी

काठमाडौं । अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ । त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध...

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्। उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको हो।...

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका-२ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले बताएकाे छ ।...

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो...

सरकारले गर्यो ८ सचिवको सरुवा २ जनाको पदस्थापन

काठमाडौं । सरकारले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो । निर्णय अनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । सरकारले...

सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारवाही गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित...

दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...