Aafno Khabar
खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा रोहित नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ । क्यानले बिहीबार सामाजिक सञ्जालमार्फत रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि टिमको उपकप्तानमा नियुक्त गरेको जनाएको हो । लिग २...

सन् २०२७ सम्म एमबाप्पे रियल म्याड्रिडमा रहने सम्झौता गरेको दावी

काठमाडौं । एमबाप्पेले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो भविष्य टाढा रहेको निर्णय गर्दै रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएका खबर बाहिरिएको हो । २२ वर्षीय एमबाप्पेको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ र त्यहाँ...

अमेरिकासँग खेल्ने एकदिवसीय टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् ।...

नखाएको विष लाग्दैन : फुटबलर अन्जन विष्ट

काठमाडाैं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टोलीमा फर्किने आशा व्यक्त गरेका छन् । हिजो (सोमबार)देखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने सम्पूर्णमा धन्यवाद...

नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने सम्भावना कम

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तान राष्ट्रिय टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप–२०२३ छनोट अघि दुई देशबीच मैत्रीपूर्ण खेल हुने जनाएको थियो । तर मिति नजिकिदै जाँदा...

नेपाली महिला टिमले आज टी-२० अन्तरराष्ट्रिय शृंखला खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको शृंखला लागि युगान्डा टिम...

कुशल र दिपेन्द्र चम्केपछि जिम्बावेमाथि नेपालको सहज जीत

काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४...

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादीका तीन कार्यकर्ता घाइते

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् ।...

नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने

काठमाडौं । नेपालले चीनमा आयोजना हुने आसन्न १९औं एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने भएको छ । आज बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले भदौ २५ देखि असोज ९ गतेसम्म हुने एसियन गेम्सका लागि खेल संख्या निर्धारण गरेको हो ।...

सुरु भयो उपकुलपति कप रनिङ शिल्ड फुटबल प्रतियोगिता, आज चार खेल हुँदै

चितवन । विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा उपकुलपति कप रनिङ शिल्ड फुटबल प्रतियोगिता चितवनको रामपुरमा सुरु भएको छ । विद्यार्थीहरुमा पढाइ सँगसँगै खेल पनि विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतियोगिताको उद्घाटन विश्वविद्यालयका उपकुलपति प्रा. पुण्यप्रसाद...