Aafno Khabar
Feature News

अमेरिकामा बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । बोल्डर शहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...

बैशाखमा हुने भनिएको खरिदारको द्वितीय चरणको परीक्षण स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो । आयोगको परीक्षा तालिका बमोजिम २०७८ बैशाख ६ देखि...

ओलीलाई हटाउन नयाँ रणनीति चाहियो : बाबुराम भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन भष्मासुरसँग तुलना गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेकोसमेत बताएका छन् । उनले प्रधानमन्त्री ओलीले अनेकन...

राम्रोसँग नसुत्नेको कार्य नतिजा पनि राम्रो आउँदैन : अध्ययन

एजेन्सी । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् । आइतबार...

जन्मघर पुगे दुर्गाप्रसाद, आमाको आँखामा आसु, बोल्नै सकेनन् दुर्गा

इलाम । भारतीय जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आज जन्मघर इलाम पुगेका छन् । ४० वर्षदेखि भेट नभएका छोराको बाटो हेर्दै बसेकी थिइन् ८६ वर्षकी आमा धनमाया तिम्सिनाल । विभिन्न संघसंस्था र भाइहरुको सहयोगमा ४० वर्षपछि आफ्नो जन्मघर...

विदेशीको इशारामा प्रधानमन्त्री ओली संविधान मास्न लागे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्ने पात्रको रुपमा काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने...

नियम उल्लघंन गरेकोमा नर्वेकी प्रधानमन्त्रीले मागिन् माफी

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी मागेकी छिन् । गत फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित उनी नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका पुगेकी थिइन् ।...

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज पनि मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा...

देशभरको मौसम आंशिकदेखि सामान्य बदली, कहाँ–कहाँ वर्षाकाे सम्भावना

काठमाडौं । शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली...

महिलालाई जिउँदै खाल्टोमा पुर्ने डाेजर चालक यसरी परे पक्राउ

काठमाडौं । डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालक पक्राउ परेका छन् । धादिङको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालक जीवन भनिने भीमबहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो...