Aafno Khabar
Feature News

सिन्धुपाल्चाेक पहिराे : २४ जनाकाे शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेकाे संख्या २४ जना पुगेकाे छ । मंगलबार ७२ वर्षीया श्रीमाइ दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतककाे संख्या २४ पुगेकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ ।...

नेपालकाे झण्डा जलाइएकाे आपत्तिजनक भिडियाे युट्युबमा, कारबाहीकाे माग

काठमाडौं । नेपालकाे राष्ट्रियता तथा जातीय सद्भावनाविरुद्ध शब्दसहितको र्‍याप गीत युट्युबमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ । याे गीत प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न सामाजिक सञ्जाल प्रयाेगकर्ताले माग गरिरहेका छन् । र्‍याप जनराकाे गीत मंगोल ग्याल्ज ली...

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएकाे छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ। फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्निच्यूडको रहेको समाचार संस्था एपीले उल्लेख गरेकाे छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराइमा आएको...

बाहुबली स्टार प्रभासको आगामी फिल्म ‘आदिपुरुष’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म आदिपुरुषको फर्स्ट लुक सार्वजनिक भएको छ । बाहुबलीबाट निकै चर्चा कमाएका प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन् । आदिपुरुष ओम राउतले निर्देशन गर्नेछन् । फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन...

सुनको मूल्य एकैदिन २२ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलामा २ सय रुपैयाँ घटेर सुन...

पृथ्वीमा एक सय सात वर्षपछि उच्च तापक्रम मापन

काठमाण्डौ । पृथ्वीमा एक सय ७ वर्षपछि उच्च तापक्रम मापन गरिएकाे छ। साेमबार अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय...

देशभर बदली, केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । देशभरको मौसम मंगलबार सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका...

काेहीसँग डराउँदैन थिए महेन्द्रसिंह धाेनी

केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका २ विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए । त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२०...

किशोर श्रेष्ठ प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट हटे, दुर्गा भण्डारी नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिलेका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । भण्डारीलाई सरकारले केही दिनअघि...

इन्टर मिलान युरोपा लिगको फाइनलमा

एजेन्सी । इन्टर मिलान युरोपा लिगको फाइनलमा पुगेको छ । साेमबार राति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टरले फाइनलको यात्रा तय गर्‍याे । जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई दुई गोल...