तस्बिर : श्रीधर न्याैपाने ।
सिन्धुपाचोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको प्रहरीले जनाएकाे छ । मंगलबार सम्ममा २४ जनाकाे शव फेला परेकाे थियाे ।
पहिरोमा बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाेजी गरिरहेकाे छ । गएकाे शुक्रबार बिहान खसेकाे पहिराेमा पुरिएर ३९ जना बेपत्ता भएका थिए ।