Aafno Khabar

आइपिएल अक्सन २०२२ : पहिलो दिन बिकेनन् सन्दीप, यी हुन अनसोल्ड हुने चर्चित अनुहार

  • आफ्नो खबर
  • February 12, 2022 प्रकाशित

आइपिएल अक्सन २०२२ को पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछानेलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन् ।

दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो । तर उनलाई भित्र्याउन कुनै पनि टिमले इच्छा देखाएनन्।

आज अनसोल्ड भएका खेलाडीलाई भोलि अन्तिम दिन टिमहरूले कोटा पूरा गर्न न्यूनतम मूल्यमा लिन भने सक्नेछन्।

अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको थियो।

अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) राखिएको थियो । सन्दीप एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश छन्। अघिल्लो सिजनमा पनि आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए।

आइपिएल अक्सनको पहिलो दिन इशान किसन सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारूको बोलि लगाउँदै टिममा भित्र्याएको छ। यस्तै शार्दूल ठाकुर १० करोड ७५ लाख भारूमा दिल्ली क्यापिटल्समा आबद्ध भएका छन्।

श्रेयस अय्यरलाई कोलकता नाइटराइडर्सले १२ करोड २५ लाख भारूमा टिममा भित्र्याएको छ।

यता अमित मिश्रा, मुजिब उर रहमान, उमेश यादव, सकिब अल हसन, स्टेभिन स्मिथ, सुरेश रैना लगायतका चर्चित खेलाडीलाई पहिलो दिन कुनै पनि टिमले भित्र्याउन चासो देखाएनन्।

अनसोल्ड चर्चित खेलाडी अमित मिश्रा, एडम जाम्पा, इमरान ताहिर, मुजिब उर रहमान, उमेश यादव, मोहमदन नाबी, सकिब अल हसन, स्टेभिन स्मिथ, सुरेश रैना, डेभिड मिल्लर, म्याथ्यु वेड, ऋद्धिमान साह, साम बिलिङ्ग्स हुन् ।