Aafno Khabar

जर्मनीका टोनी क्रुजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

  • आफ्नो खबर
  • July 2, 2021 प्रकाशित

काठमाडाैं । जर्मनीका मिडफिल्डर टाेनी क्रुजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । शुक्रबार उनले सन्यास लिएकाे बताएका हुन् ।

३१ वर्षीय क्रुजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरी अब क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुजले जर्मनीका लागि १ सय ६ खेलमा १७ गोल गरेका छन् ।

युरोपमा जारी १६ औं संस्करणको युरोकपमा उनले ४ खेल खेलेका थिए । यस संस्करणको युरोमा जर्मनी प्रि-क्वाटरफाइनलमा इंग्ल्यान्डसँग २-० ले पराजित भएको थियो ।

सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा क्रुस टोलीका महत्वपूर्ण सदस्य थिए । बायर्न म्युनिखबाट व्यावसायिक फुटबल सुरु गरेका क्रुसले २००९ देखि २०१० सम्म बायर लेभरकुसेनमा लोनमा बिताएका थिए ।

२०१० देखि १०१४ सम्म बायर्नबाट १७९ खेल खेलेका क्रुसले २२ गोल गरेका थिए । २०१४ विश्वकपपछि रियल गएका क्रुसले ३४५ खेलमा २२ गोल गरिसकेका छन् ।