काठमाडाैं । युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुवात गरेको छ । रोमकाे ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीमाथि ३–० काे जित निकालेकाे हाे ।
इटलीले २ गोल आफैँ गरेको थियो भने एक गोल उपहार पनि पाएको थियो ।
५३ औं मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गरेपछि सोही गोलका कारण इटलीले अग्रता लिन सफल भयो ।
६६ औं मिनेटमा चिरो इमोबिलेले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । त्यसपछि ७९ औं मिनेटमा लोलेन्जो इन्गिसग्नेले गोल गरेपछि इटली ३–० गोल अन्तरको फराकिलो जित निकाल्न सफल भयो ।
खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।