काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफको खेल सकिदा नेपाल २ – ० गोलले अगाडी देखिएको हो । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।
यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो ।