Aafno Khabar

बार्सिलोनाको जितमा मेस्सीको दुई गाेल

  • आफ्नो खबर
  • March 16, 2021 प्रकाशित

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ४–१ ले पराजित गरेकाे हो ।

बार्सिलोनाका लागि मेस्सीले १३ र ९० औँ मिनेटमा गोल गरे । यस्तै एन्टोनी ग्रिजम्यानले ३५ औँ तथा मिन्गुएजाले ५३ औँ मिनेटमा गोल गरे । हुएस्काका लागि पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा मिरले एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानमा फर्किएको बार्सिलोनाको २७ खेलबाट ५९ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ अंक छ ।

सम्बन्धित शीर्षकहरु