इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लीड्स युनाइटेडलाई ६–२ ले पराजित गरेको छ ।
म्यानचेस्टरका लागि ब्रुनो फेर्नान्डेस र स्कट म्याकटोमिनेयले दुई–दुई गोल गरे भने भिक्टोर लिण्डेलोफ र डानियल जेम्सले एक–एक गोल गरे ।
लीड्सका लागि लियम कुपर र स्टूआर्ट डालासले एक एक गोल गरेका हुन् ।
जितपछि तेस्रो स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १३ खेलबाट २६ अंक भएको छ । लीड्स १७ अंकसहित १४ औँ स्थानमा छ ।