ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।
घरेलु टोली रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि २–० को जित निकालेको हो । रियलका लागि कासेमिरोले १५ औँ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए । ६३ औँ मिनेटमा एथ्लेटिकोका ओब्लकले आत्मघाती गोल गरेपछि रियल मड्रिड विजयी भएको हो ।
जितपछि १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । पराजित भए पनि शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक छ ।