Aafno Khabar

आईपीएलमा मुम्बइको दोस्रो जित, पन्जाब ४८ रनले पराजित

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । गयराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएर मुम्बईले दोस्रो जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए ।

मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २ २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय पारी खेले । यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डेयले अविजित ३० रन बनाए । पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए ।

सम्बन्धित शीर्षकहरु