काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा ७३७ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंका ६५२, भक्तपुरका २५ र ललितपुरका ६० गरी ७३७ जना संक्रमित थपिएका हुन् ।
बुधबार नेपालमा हालसम्मकाे सबैभन्दा बढी काेराेना संक्रमित भेटिएका छन् । नेपालमा प्रतिदिन काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ ।