Aafno Khabar

बुधबार थपिए १५ सय ३९ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • September 16, 2020 प्रकाशित

काठमाडौं । नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकाे उच्च हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । संक्रमितमध्ये ४१ हजार ७०६ जना निको भएर घर फर्किएका छन् ।

गाैतमका अनुसार बुधबार कोरोना जितेर १ हजार ६८ जना घर फर्किएका छन् ।