लियाेनल मेस्सी बार्सिलाेनामा नै बस्ने भएका छन् । केही समयअघि बार्सिलाेनाबाट आफू स्वतन्त्र हुन चाहेकाे आशयसहितकाे आग्रहपत्र उनले क्लबमा बुझाएका थिए । त्यसपछि मेस्सीकाे बार्सिलाेनाबाट बहिर्गमनबारे धेरै चर्चा भयाे ।
बार्सिलाेनामा बस्ने निर्णयपछि पहिलाेपटक गाेलसँगकाे अन्तर्वार्तामा मेस्सीले आफूलाई बार्सिलाेनाबाट किन्नका लागि ७ सय मिलियन युराे तिर्नुपर्ने र कसैले पनि किन्न नसक्ने भएकाले आफू बार्सिलाेनामा नै बस्ने निर्णयमा पुगेकाे बताएका छन् ।
उनले गत जुन १० सम्ममा नै आफूले क्लब छाेड्ने जानकारी गराएकाे भए स्वतन्त्र मूल्यमा क्लब छाेड्न पाउने थिए । तर उनले ढिलाे जानकारी गराएका कारण याे सम्भव भएन ।
बार्सिलाेनासँगकाे मेस्सीकाे हालकाे सम्झाैता आउँदाे सिजनमा सकिने छ ।
मेस्सीले क्लब छाेड्ने जानकारी गराएपछि मेस्सी भित्र्याउने दाैडमा विश्वका धेरै क्लबहरु थिए । त्यसमा सबैभन्दा अगाडि म्यानचेस्टर सिटी देखिएकाे थियाे ।
गएकाे च्याम्पियन्स लिगकाे क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गाेलले पराजित भएकाे केही समयपछि मेस्सीले क्लब छाड्न चाहेकाे बताएर क्लबसमक्ष पत्र पठाएका थिए ।
मेस्सीले गाेलसँगकाे अन्तर्वार्ताकाे क्रममा क्लबमा नै बस्ने निर्णय गर्नुकाे अर्काे कारण आफ्नाे परिवार भएकाे पनि बताएका छन् ।