Aafno Khabar

बार्सिलाेना समक्ष मेस्सीकाे आग्रह पत्र : ‘यही सिजन बार्सिलाेनाबाट बाहिरिन पाउँ’

  • एजेन्सी
  • August 26, 2020 प्रकाशित

बार्सिलोनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले क्लब छोड्ने वाताबरण मिलाउन आग्रह गरी क्लबसमक्ष पत्र पठाएका छन् । स्थानीय समय अनुसार मंगलबार साँझ मेस्सीले फ्याक्स गरेर आफ्नो सम्झौता हेरफेर गर्न चाहेको जानकारी गराएका हुन् । उनले स्पेनकाे अदालतले आधिकारिक मान्ने ब्यूराेफ्याक्समार्फत क्लबसमक्ष पत्र पठाएका थिए ।

बार्सिलोना अगस्ट १६ मा भएको च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको थियो । त्यसपछि मेस्सी क्लबसँग अति निराश रहेका खबर आइरहेका छन् ।

६ पटक बालाेन डी’ओर बिजेता मेस्सीकाे बार्सिलोनासँगको सम्झौता २०२१ सम्मको छ । तर सम्झौतामा दुवै पक्षले चाहेमा जतिबेला पनि तोड्न सक्ने शर्त उल्लेख छ । त्यही आधारमा आफूलाई क्लबाट बाहिर जाने वाताबरण सिर्जना गरिदिन मेस्सीले आग्रह गरेका छन् ।

सन् २००४ मा डेब्यू गरेका मेस्सीले आफ्नाे व्यक्तिगत र व्यवसायिक विकासमा बार्सिलाेनाले ठूलाे सहयाेग गरेकाे उल्लेख गरी आभार पनि व्यक्त गरेका छन् । उनले यो सिजनमा बार्सिलोनाको प्रदर्शनबाट निकै निरास भएको र बोर्डसँग पनि ठूलो असन्तुष्टि रहेको बताएका थिए ।

मेस्सीले उक्त पठाएपछि बार्सिलोनाको बोर्डले तत्काल बैठक बोलाउने भएको छ । यो समाचार बाहिर आएपछि बार्सिलोनाका समर्थक क्याम्प नोउ बाहिर जम्मा भएर क्लवको बोर्डको विरुद्धमा नारावाजी लगाएका थिए । उनीहरुले मेस्सीको समर्थक गरेका थिए ।

मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले रकम नतिरी क्लब छाड्न पाउने थिए ।

तर सामान्य अवस्थामा मे महिनामा सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो । मेस्सीले आफ्नो सम्झौता अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिएर क्लबसमक्ष सम्झौता रद्द गर्न आग्रह गरेका छन् ।

यस्ताे छ मेस्सीले बार्सिलाेना समक्ष पठाएकाे पत्र :