Aafno Khabar

लिदी पहिराे अपडेट : चार वर्षीया छाेरी बाेकेकी गर्भवती महिलासहित अहिलेसम्म ३२ जनाकाे शव फेला

  • आफ्नो खबर
  • August 22, 2020 प्रकाशित

तस्बिर : श्रीधर न्याैपाने ।

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएकाे पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा भेटिएको छ ।

सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । दाेङ चार महिनाकी गर्भवती पनि रहेकाे स्थानीयबासीले बताएका छन् ।

पहिराेमा पुरिएकामध्ये ३२ जनाकाे शव फेला परेकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ । गत बिहीबार ४२ वर्षीया जीविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ, १८ वर्षीया ललिता दोङ, ४४ वर्षीया हिरा दोङ झाँक्री र २४ वर्षीय सङलामु पाख्रिन दोङको शव फेला परेको थियाे ।

त्यसअघि बुधबारसम्ममा २५ जनाकाे शव फेला परेकाे थियाे । गएको साउन ३० गते शुक्रबार बिहान गएको पहिरोमा परेर ३९ जना हराएका थिए । अझै ७ जना हराइरहेका छन् । उनीहरुकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।