काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट काठमाडौं र बर्दियामा एक–एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक–एक जना महिलाको मृत्यु भएको हो।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।
याे पनि : काठमाडाैं उपत्यकामा थप १ सय ५९ जनामा काेराेना संक्रमण