Aafno Khabar

काठमाडाैं उपत्यकामा थप १ सय ५९ जनामा काेराेना संक्रमण

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

काठमाडौं  । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ३४, ललितपुरका १७ र भक्तपुरका ८ जना रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८  पुगेको छ । संक्रमितमध्ये १७ हजार ७ सय जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ ।