Aafno Khabar

प्रकाश सुवेदीले मागे माफी

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडाैं । टेलिभिजन कार्यक्रममा एक नायिकालक्षित अभिव्यक्तिका कारण विवादमा तानिएका सञ्चारकर्मी प्रकाश सुवेदीले माफी मागेका छन् ।

आइतबार साँँझ टेलिभिजन कार्यक्रम मार्फत उनले माफी मागेका हुन् । कार्यक्रमको अघिल्लो एपिसोडमा सुवेदीले एक नायिका लक्षित गरी ‘अन्तर्वार्ता दिने पनि आफैँ, उत्तर दिन नजान्ने पनि आफैँ । अनि हामीले लिएको अन्तर्वार्ता काँटछाँट गरिदिनुपर्ने, मिलाइ मिलाइ महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई । कति हाँस्नु !’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनकाे यो अभिव्यक्ति धेरैले अभिनेत्री पूजा शर्मा लक्षित भएको बुझे । पूजा आफूले पनि याे अभिव्यक्ति आफु लक्षित भएकाे भनेर फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

सर्वत्र आलोचना भएपछि सुवेदीले माफी मागेका हुन् । आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र प्रतिकात्मक भएको बताएका छन् । उनले भनेका छन्, ‘कसैलाई चोट पुग्न गएको खण्डमा माफी  चाहन्छु ।’

याे पनि  : 

पूजा शर्माकाे प्रश्न : पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?