काठमाडाैं । एक अन्तर्वार्ताकाे भिडियाे फुटेज बाहिर आएपछि अभिनेत्री पूजा शर्मा ट्राेलकाे विषय बनिन् । अन्तर्वार्तामा साेधिएकाे सामान्य प्रश्नकाे जवाफ दिन नसक्दा उनी ट्राेल बनेकी हुन् । तर यसबारे उनले कुनै प्रतिवाद गरिनन् ।
तर, उक्त अन्तर्वाता लिने पत्रकार प्रकाश सुवेदीले पुन: एक पटक अभिनेत्री पूजा शर्मामाथि व्यङ्ग्य गरेका छन् । उनले भनेका छन्,’आफै नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’
उनको त्यस अपमानजनक टिप्पणी टिभीमार्फत् प्रसारण भए पछि भने पूजा शर्मा बोलेकी छिन् । उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन् : कति चुप रहने ? कति सहने ?
नयाँ अन्तर्वाताका लागि बोलाउँदा आफूले अस्वीकार गरेको र ती पत्रकार व्यक्तितग अपमानमा उत्रिएको उनको आरोप छ । उनले सामाजिक सञ्जालमार्फत प्रश्न पनि गरेकी छिन् , पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?