Aafno Khabar

म्यानचेस्टर सिटी एफए कपकाे चाैथाै चरणमा : पाेर्ट भेल ४–१ ले पराजित

  • January 5, 2020 प्रकाशित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सिटीले शनिबार राति भएको खेलमा चौथो डिभिजनको पोर्ट भेललाई चार–एक गाेल अन्तरले हरायो ।

सिटीकाे घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि १७ वर्षीय फिल फोडेनले राम्रो प्रदर्शन गरे । उनले एक गोलसँगै एक एसिस्ट पनि गरेका थिए ।

२०औँ मिनेटमा ओलेक्सान्दर जिनचेन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा पाेर्ट भेलका लागि टम पोपले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।

५८औँ मिनेटमा टेलर हारउड बेल्लिसले र ७६औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई चार एक गाेल अन्तरकाे फराकिलाे जित दिलाए ।

सम्बन्धित शीर्षकहरु