Aafno Khabar

मेस्सीबिहीन लालिगाकाे अन्तिम खेलमा बार्सिलाेनाकाे जित

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ९ गते ०७:३९ प्रकाशित

काठमाडाैं । मेस्सीबिहीन खेलमा बार्सिलाेनाले जित निकालेकाे छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी भएको हाे ।

शनिबार राति भएको खेलमा एइबर १–० ले पराजित भयाे । बार्सिलाेनाका लागि एक गाेल एन्टाेनी ग्रिजम्यानले गरेका थिए । उनले खेलकाे ८१ औँ मिनेटमा गाेल गर्न सफल भए ।

शनिबार रातिकाे खेलमा मेस्सीसहित केही स्टार खेलाडी अनुपस्थित थिए । काेपा अमेरिकाका लागि मेस्सीलाई आराम दिइएकाे हाे । जित निकालेको बार्सिलोना ला लिगामा ७९ अंकसहित तेस्रो स्थानमा रह्यो ।