Aafno Khabar

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज पनि दुई खेल

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २२ गते प्रकाशित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

दिउँसो सवा १२ बजे चौथो स्थानमा रहेको ब्वाइज युनियन र टुसाल क्लब तथा दिउँसो साढे तीन बजे दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुँदैछ ।

दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुनेछ । यसअघि हिजो भएको खेलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएसन विजयी भएका थिए ।