Aafno Khabar

बराबरीमा रोकियो रियल मड्रिड

  • आफ्नो खबर
  • २०७७ पुष १६ गते प्रकाशित

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड एल्चीसँग १–१ को बराबरीमा रोकिएको छ । २० औँ मिनेटमा लुका मोड्रिचको गोलबाट रियल मड्रिडले अग्रता लिएकाे थियाे ।

५२ औँ मिनेटमा पाएको पेनाल्टीमा चाभेस डे ला टोरेले एल्चीका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।

बराबरीमा रोकिएर रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मिड्रडसँग अंक बराबरी गर्ने मौका गुमाएकाे छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १६ खेलबाट ३३ अंक छ । एल्ची १४ खेलबाट १६ अंकसहित १५ औँ स्थानमा छ ।