Aafno Khabar

एइबरसँग बराबरीमा रोकियो बार्सिलोना

  • एजेन्सी
  • २०७७ पुष १५ गते प्रकाशित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको छ ।

५७ औँ मिनेटमा किकेले एइबरका लागि सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि बार्सिलोनाका लागि उसमान डेम्बेलेले बराबरी गोल गरे । खेलको अन्त्यतिर पाएको पेनाल्टीमा मार्टिन ब्रेथवेटले गोल गर्न सकेनन् र बार्सिलोना जित बिहीन बन्यो ।

चोटका कारण मेस्सी यो खेलमा मैदानमा थिएनन् । उनले रंगशालाबाट खेल हेरिरहेका थिए ।

अंकतालिकामा १५ खेलबाट २५ अंकसहित बार्सिलोना छैटौँ स्थानमा छ । १६ खेलबाट १६ अंकसहित एइबर १५ औँ स्थानमा छ ।