Aafno Khabar
Creative Ideas

इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात

  • आफ्नो खबर
  • २०७७ भाद्र ३० गते प्रकाशित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।

ब्राइटनका थ्रोसार्डले एक गोल फर्काए । यो जितसँगै लिगमा चेल्सी ३ अंक बटुल्न सफल भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको छ ।