Aafno Khabar
Creative Ideas

दोस्रो एक दिवसीयमा इङ्ल्याण्डको जित, सिरिज १-१ को बराबरी

  • आफ्नो खबर
  • २०७७ भाद्र २९ गते प्रकाशित

दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया इङ्ल्याण्डसँग २४ रनले पराजित भएको छ।

म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो ।

इङ्ल्याण्डका लागि जोए रुटले ३९, टम कुरानले ३७, आदील राशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६, जासन रोयले २१ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

इङ्ल्याण्ड दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४८ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ७३ रन बनाए । त्यस्तै मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए ।

इङ्ल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३ ३ विकेट लिए । आदील राशिदले एक विकेट लिए । योसँगै तीन खेलको सिरिज १-१ को बराबरी भएको छ । सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।