काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
मन्त्रालयका अनुसार काठमाडौंका ३ सय, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । मंगलबार नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।