Aafno Khabar

नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

काठमाडौं । नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन् ।